मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
१५ औं महाधिवेशन: भरत बहादुर कार्की महाधिवेशन प्रतिनिधि (खुल्ला तर्फ) को आकांक्षी


बाजुरा, असोज १० । नेपाली काङ्ग्रेस १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फबाट भरत बहादुर कार्की उम्मेद्बारी रहेकोे छ । नेपाली काङ्ग्रेसको आगामी १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र चुनावी सरगर्मी तीव्र बनेको छ। यसै क्रममा नेता भरत बहादुर कार्कीले महाधिवेशन प्रतिनिधि (खुल्ला तर्फ) पदमा आफ्नो बलियो उम्मेद्बारी रहेकोे जनाएको छ।
लामो समयदेखि नेपाली काङ्ग्रेसको सङ्गठन निर्माण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र सामाजिक सेवामा निरन्तर क्रियाशील रहँदै आउनुभएका कार्कीको उम्मेद्बारीलाई पार्टीभित्र विशेष चासो र उत्साहका साथ हेरिएको छ। पार्टी सुदृढीकरण र युवा–प्रौढको समन्वय उम्मेद्बारी घोषणा गर्दै कार्कीले पार्टीलाई अझ समावेशी, गतिशील र जनउत्तरदायी बनाउन आफूले उम्मेद्बारी रहेकोे बताउनुभयो।
लोकतान्त्रिक मूल्य–मान्यतालाई अक्षुण्ण राख्दै सङ्गठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने स्पष्ट खाका उहाँसँग रहेको छ। सङ्गठन र कार्यकर्ताप्रतिको प्रतिबद्धता पार्टीका निष्ठावान् कार्यकर्ताको भावनाको कदर गर्दै उहाँले भन्नुभयो, “काङ्ग्रेसलाई आम जनताको भरोसायोग्य पार्टी बनाउन र स्थानीय तहका कार्यकर्ताको आवाजलाई केन्द्रीय नीति निर्माणसम्म पुर्याउन मेरो यो उम्मेद्बारी हो।
निष्ठाको राजनीति र सामाजिक रूपान्तरण नै मेरो मूल संकल्प हो।” कार्कीको सरल जीवनशैली, सङ्गठनप्रतिको समर्पण र विकासप्रेमी सोचका कारण उहाँलाई क्षेत्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको व्यापक भेटघाट भइरहेको छ। खुल्ला तर्फबाट उहाँको उम्मेद्बारीले महाधिवेशनमा विचार र सङ्गठन सुदृढीकरणको नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।





















