टिमुरे बाढीमा यातायात सम्बद्ध ४४१ जना सम्पर्कविहीन

रासस

सारांश
काठमाडौै । रसुवाको टिमुरेमा गत भदौ १० गते गएको बाढीले ३३८ ट्रक तथा कन्टेनर बगाएको विवरण सार्वजनिक भएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै ४४१ चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएका छन् ।
भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा विभागले सरकारी तथा गैरसरकारी निकाय, निजी सङ्घसंस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग क्षतिको तथ्यांक माग गरेको थियो । विभागले यही असोज २ गते सूचना जारी गर्दै सात दिनभित्र क्षतिसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।
विभागको उक्त आग्रहपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले यही असोज ५ गते विभागलाई प्रारम्भिक क्षतिको विवरण पठाएको हो । महासंघले विभिन्न संघ, समिति तथा कम्पनीबाट संकलन गरेको विवरण विभागलाई उपलब्ध गराएको जनाएको छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले गत भदौ १० गतेको बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति हुँदा मालवाहक सवारीसाधन तथा त्यसमा संलग्न व्यक्तिहरू सम्पर्कविहीन भएको बताए । यातायात व्यवस्था विभागले क्षतिको यकिन विवरण संकलन गर्न आग्रह गरेपछि महासंघले सदस्य संस्थाबाट प्राप्त विवरण संकलन गरी पठाएको जानकारी दिए ।
विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि लोकन्थलीका २१७ ट्रक तथा कन्टेनर र २५१ चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन छन् । यस्तै नारायणी यातायात व्यवसायी संघ हेटौँडाका ५८ ट्रक तथा कन्टेनर र ७८ जना, तराई यातायात व्यवसायी संघ सिमराका २१ सवारीसाधन र ३५ जना तथा ट्रक यातायात व्यवसायी संघ नेपाल, बल्खुका १० कन्टेनर र २० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
त्यसैगरी गण्डकी ट्रक व्यवसायी संघ पोखराका २१ ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका ११ कन्टेनर र २२ जना सम्पर्कविहीन रहेको महासंघले जनाएको छ । नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार थप विवरण संकलन हुने क्रम जारी रहेकाले बगेका सवारीसाधन तथा सम्पर्कविहीन व्यक्तिको सङ्ख्या अझै बढ्न सक्नेछ ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















