Opens in a new tab

अर्थ

बढ्यो अमेरिकी डलरकाे मूल्य, आज कतिमा हुँदैछ कारोबार?

नवलपुर टुडे
२०८३ अशोज ९ | बिहान ०७:०६ बजे

काठमाडौँ । निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।  नेपाल राष्ट्र बैंकले आजका लागि  निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

बिहीबार १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा रहेको थियो। युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८१ पैसा र बिक्रीदर ४० रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २१ पैसा कायम भएको छ ।

कमेन्टहरु