Opens in a new tab

समाज

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

रासस
२०८३ अशोज ५ | मध्यान्ह ०५:०६ बजे

काठमाडौँ । चीन सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई रु एक करोड १० लाख प्रदान गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आज उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबिच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।

राजदूत चाङले बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिए ।

कमेन्टहरु