बाढीपछिको खोज तथा उद्धार कार्य जारी छ : गृहसचिव शर्मा

नवलपुर टुडे

सारांश
काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको बताएका छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा शर्माले विशेष गरी जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धार कार्यलाई जारी राखेको उनको भनाइ छ ।
“विशेष गरी हाइड्रोपावरको सुरुङहरूमा टनेलहरूमा बस्नुभएकोहरूमा खोज तथा उद्धारको कार्य भइरहेको छ,” शर्माले भने ।
कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव तथा कठिन परिस्थितिका कारण लामो समय लागेको शर्माको भनाइ छ । अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था कठिन रहेको बताएको उनले जानकारी दिए ।
“कतिपय टेक्नोलोजी हामीसँग भएन, विषम परिस्थिति थियो, भौगोलिक अवस्था गाह्रो थियो, विशेष गरी अन्य देशबाट आएका खोज उद्धारका विज्ञहरूले पनि त्यहाँको भूगोल देखिसकेपछि साच्चै गाह्रो रहेछ भन्ने कुराहरू भन्नुभएको छ । त्यसकारण खोज र उद्धार कार्यमा अलि ढिलो भयो,” शर्माले भने ।
सम्भावना रहेसम्म खोज तथा उद्धार जारी राख्ने विषयमा सुरक्षा निकायका प्रमुख तथा विपद् विज्ञहरूसँग छलफल भइरहेको शर्माले बताए । खोज तथा उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणको काम अगाडि बढाउने उनको भनाइ छ ।
“अहिले हाम्रो ध्यान खोज र उद्धारमा नै छ । यसपछि विस्तारै राहतमा जान्छौँ,” शर्माले भने, “त्यसपछि पुनर्स्थापना र पुनर्निर्माणको कामहरूको हुन्छन् ।”
बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षणमा स्थानीय तहसँग समन्वय भइरहेको उनले बताए । बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको उनको भनाइ छ ।
उद्धार गरिएका तथा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको शर्माले बताए । हालसम्म बालबालिकाको अवस्थाबारे गम्भीर विचलन वा थप समस्या नदेखिएको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















