भरतपुरमा बिसिए प्राइड लिग टी-२० क्रिकेट हुने

नवलपुर टुडे


चितवन । भरतपुरमा असोज १६ गतेदेखि बिसिए प्राइड लिग टी-२० क्रिकेट हुने भएको छ । भरतपुर स्पोर्ट्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
भरतपुर ५ स्थित भरतपुर स्पोर्ट्स क्लबको मैदानमा असोज २२ गतेसम्म हुने प्रतियोगितामा ५ टिम सहभागी हुनेछन् । प्रतियोगितामा भरतपुर बुल्स, माडी टाइगर्स, कालिका लिओपार्ड्स, सौराहा स्याण्ड्स र राप्ती घलियाल्स गरी ५ टिम सहभागी छन् ।
५ वटै टिमको मार्की खेलाडी पनि चयन भईसकेका छन् । जस अनुसार भरतपुरको मार्की खेलाडीमा रोशन झा, माडीको शिव कंडेल, राप्तीको सन्तोष न्यौपाने, कालिकाको सन्देश सुवेदी र सौराहाकोमा रिजन काफ्ले रहेका छन् । यस्तै प्रतियोगिताका लागि आज नै अक्सन भएको छ ।
अक्सनमा ७५ खेलाडी रहेकोमा सबै खेलाडी बिक्री भएका छन् । अक्सनमा ए, बी, सि र डि गरी चार क्याटगोरी छुट्टाईएको थियो । यो प्रतियोगिताले स्थानीय खेलाडीहरुलाई एक्स्पोजर प्रदान गर्ने क्लबका अध्यक्ष दीपेश श्रेष्ठले बताए । भरतपुर महानगरपालिका ५ को कार्यालय प्रतियोगिताको सह आयोजकको रुपमा रहेको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















