दुबई यूएई, प्रबास

नेपालमा पहिलोपटक Matcha Latte Art Throwdown: बन्धना राना मगर च्याम्पियन

कबिराज राजबंशी
२०८३ अशोज ५ | बिहान ०१:०६ बजे

IMG 20260920 235810

कफी संस्कृतिसँगै नेपालमा Matcha पेयको नयाँ बजार खोजिँदै

प्रबस दुवई, युएई| २१ सेप्टेम्बर २०२६

नेपालमा पहिलोपटक आयोजना गरिएको Matcha Latte Art Throwdown सम्पन्न भएको छ। Matcha X को आयोजनामा भएको प्रतियोगितामा विभिन्न क्याफे तथा बारिस्टा समुदायका प्रतिभाहरूले सहभागिता जनाएका थिए।

IMG 20260920 235834

प्रतियोगितामा Barista Club की बन्धना राना मगर प्रथम हुँदै नेपालको पहिलो Matcha Latte Art Throwdown च्याम्पियन बनेकी छन्। Himalayan Java का सुरज लामा दोस्रो तथा Mountain Java की प्रतिमा श्रेष्ठ तेस्रो भएकी छन्।

IMG 20260920 235852

प्रतिस्पर्धीहरूले एस्प्रेसोको सट्टा Matcha प्रयोग गरी Latte Art प्रस्तुत गरेका थिए। Matcha तयार गर्ने सीप, दूधको टेक्स्चर, डिजाइनको स्पष्टता, सममिति, कन्ट्रास्ट, सिर्जनशीलता तथा समग्र प्रस्तुतीकरणका आधारमा मूल्यांकन गरिएको थियो। प्रतियोगिताको निर्णायकमा कुशल मान श्रेष्ठ, बबिता श्रेष्ठ र फाल्गुनी श्रेष्ठ रहेका थिए भने निपेन महारजन ले प्रमुख निर्णायकको भूमिका निर्वाह गरेका थिए।

IMG 20260920 235906

आयोजक Matcha X का अनुसार नेपालमा Matcha लाई केवल पेयका रूपमा नभई नयाँ स्वाद, आधुनिक जीवनशैली, सिर्जनशीलता र व्यवसायिक सम्भावनासँग जोडिएको नयाँ पेय श्रेणीका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रममा Lost Paradise Cafe and Academy ले विशेष सहयोग गरेको थियो। The Origin Specialty Coffee Bar and Academy कार्यक्रम साझेदार, Brewing House पेय उपकरण साझेदार तथा Secret Island Flavor Partner का रूपमा सहभागी थिए। कार्यक्रममा Specialty Coffee Samaj को समेत सहयोग रहेको थियो।

 

क्याफे तथा आतिथ्य क्षेत्रमा नयाँ पेयप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै Matcha X ले आगामी दिनमा Matcha tasting, तालिम, प्रतियोगिता तथा व्यवसायिक सहकार्यलाई विस्तार गर्ने जनाएको छ।

IMG 20260920 WA0006

“Create. Connect. Redefine Matcha.” अवधारणासहित आयोजना गरिएको पहिलो Matcha Latte Art Throwdown ले नेपाली बारिस्टा समुदायमा नयाँ सिर्जनात्मक अभ्याससँगै Matcha केन्द्रित पेय व्यवसायको सम्भावनाबारे समेत चर्चा सुरु गरेको छ।

कमेन्टहरु