Opens in a new tab

भोटेकोसी बाढी : एक हजार ४३६ शव फेला

रासस

29Shares

सारांश

काठमाडौं । भोटेकोटसी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार, आइतबार बिहान ११:०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासीपूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् ।

फेला परेका शव पहिचानका लागि ‘डीएनए’ नमूना संकलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना संकलन गरिएको छ । पहिचान नभएको एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतमा हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।

अरुपनि पढ्नुहोस

सबै
lxpFn] el/Psf] dgfª ;]tfDd] dgfª !( dªl;/ M dgfªdf ;f]daf/ laxfgfb]lv k/]sf] lxdkftsf sf/0f hd]sf] lxpF . dgfª ;b/d'sfd rfd]nufot dflyNnf] e]udf afSnf] lxdkft xF'bf hghLjg si6s/ ePsf] 5 eg] ko{6s cfjthfjtdf ;d]t ;s; ePsf] 5 . tl:a/ M gjLg nfld5fg]÷/f;;

सर्लाहीमा जङ्गली हात्ती मृत फेला

२०८३ अशोज १८ | मध्यान्ह ०५:०६ बजे