धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

नवलपुर टुडे
२०८३ अशोज ४ | बिहान ११:०६ बजे

रोल्पा ,असोज ४। ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका– ३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमा नै एक जनाको मृत्यु भएको छ ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन । अन्य विवरण पनि प्राप्त भएको छैन । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ ।


















