तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

नवलपुर टुडे

सारांश
चितवन । हानामी तेस्रो चितवन गोल्डकप फुटबलको उपाधि एप्पल गुरु सूर्यपुर एफसी कालिकाले जितेको छ । आज सम्पन्न उपाधि भिडन्तमा आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा सूर्यपुरलाई जिताउन लक्षु थापा र अविनास स्याङताङ्गले एक-एक गोल गरे । खेलको ७३ औं मिनेटमा लक्षुको गोलमा सूर्यपुरले अग्रता लिएको थियो ।
अतिरिक्त समयमा सूर्यपुरले पेनाल्टी पायो। बिएफसीका विवेक मगरले दिपेश गुरुङलाई बक्सभित्र लडाएपछि सूर्यपुरले पेनाल्टी पाएको थियो । प्राप्त पेनाल्टीमा अविनासले गोल गर्दै जित सुनिश्चित गरे । सूर्यपुरका लक्षु थापा फाइनल खेलको केल्मी प्लेयर दि म्याच बने ।
विजेता सूर्यपुरले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित बिएफसीले ३ लाखमा चित्त बुझाएको छ । विधागत उत्कृष्टतर्फ सूर्यपुरका अविनास स्याङताङ्ग प्रतियोगिताभरको उत्कृष्ट खेलाडी बने । उनले ४० हजार रुपैयाँ प्राप्त गरे ।
सूर्यपुरका विशाल सुनार उत्कृष्ट गोलकिपर, बिएफसीका विवेक मगर उत्कृष्ट डिफेन्डर, बिएफसीकै आकाश थापा मगर उत्कृष्ट मिडफिल्डर बने । यस्तै ४ गोल गरेका देवदह ब्वाईज रुपन्देहीका सुजित बुढाथोकी सर्वाधिक गोलकर्ता बने। उनीहरूले १०-१० हजार रुपैयाँ प्राप्त गरे ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















