मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमालीको १,३ र ७ वडाको वडा अधिवेशनबाट नयाँ कार्यसमिति चयन


बाजुरा, असोज ३ । नेपाली काँग्रेस हिमाली गाउँ कार्यसमितिको वडा नम्बर १,३ र ७ वडाको वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति चयन भएको छ । वडा नम्बर १ को वडा अधिवेशनबाट विरलाल रोकायाको नेतृत्वमा ७ सदस्यीय वडा कार्यसमिति चयन भएको छ ।
सभापतिमा रोकाया रहने गरी उपसभापति गौरीलाल बोहरा, महिला उप सभापति मनोशोभा थापा, सचिव सुद्धराज रोकाया, र सहसचिवमा बाचन रोकाया निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस हिमाली गाउँ कार्य समितिले जनाएको छ ।
यस्तै वडा नम्बर ३ को वडा सभापतिमा जसमल रोकाया, उपसभापति नविन थापा, उपसभापति महिला मालपुरा रोकाया, सचिव दिल बहादुर बुढा र सहसचिवमा रण बहादुर रोकाया सहित ७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नम्बर ७ को वडा अधिवेशनबाट सभापतिमा धर्मेन्द्र अधिकारी उप सभापति, सर्पजीत दमाई, महिला उप सभापति पन्ना बोगटी, सचिव विमल अधिकारी र सहसचिवमा गंग तिमिल्सेना सहित ७ सदस्यीय वडा कार्य समिति निर्विरोध निर्वाचित भएका छन् । हिमाली गाउँपालिकाका ७ वडा मध्ये ४ वडामा भने भोलि अधिवेशन हुने भएको छ ।






















