हिमालीको १,३ र ७ वडाको वडा अधिवेशनबाट नयाँ कार्यसमिति चयन

उमेश रोकाया

सारांश
बाजुरा, असोज ३ । नेपाली काँग्रेस हिमाली गाउँ कार्यसमितिको वडा नम्बर १,३ र ७ वडाको वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति चयन भएको छ । वडा नम्बर १ को वडा अधिवेशनबाट विरलाल रोकायाको नेतृत्वमा ७ सदस्यीय वडा कार्यसमिति चयन भएको छ ।
सभापतिमा रोकाया रहने गरी उपसभापति गौरीलाल बोहरा, महिला उप सभापति मनोशोभा थापा, सचिव सुद्धराज रोकाया, र सहसचिवमा बाचन रोकाया निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस हिमाली गाउँ कार्य समितिले जनाएको छ ।
यस्तै वडा नम्बर ३ को वडा सभापतिमा जसमल रोकाया, उपसभापति नविन थापा, उपसभापति महिला मालपुरा रोकाया, सचिव दिल बहादुर बुढा र सहसचिवमा रण बहादुर रोकाया सहित ७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नम्बर ७ को वडा अधिवेशनबाट सभापतिमा धर्मेन्द्र अधिकारी उप सभापति, सर्पजीत दमाई, महिला उप सभापति पन्ना बोगटी, सचिव विमल अधिकारी र सहसचिवमा गंग तिमिल्सेना सहित ७ सदस्यीय वडा कार्य समिति निर्विरोध निर्वाचित भएका छन् । हिमाली गाउँपालिकाका ७ वडा मध्ये ४ वडामा भने भोलि अधिवेशन हुने भएको छ ।

बाढीपीडित बालबालिकालाई ब्याग र किताबको चिन्ता : परीक्षा आउन लाग्यो, के पढेर दिने?

सीमावर्ती रक्सौलमा अरिङ्गालको टोकाइबाट दुई बालकको ज्यान गयो, दुई जनाको उपचार हुँदै

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटबाट अलपत्र ४२ भारतीय मजदुरको उद्धार

आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज नपाइने
अरुपनि पढ्नुहोस
सबै
संघीय संसद्का चार समितिको बैठक आज बस्दै

अपडेट : बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुईजनाको मृत्यु एक गम्भीर घाइते

बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए

आठराई गाउँपालिकामा नगर बस सञ्चालन : सङ्क्रान्ति बजारबाट फिदिमसम्म सीधा सेवा सुरु















