समाचार

सुनसरीको देवानगञ्जमा आपसी दुश्मनीका कारण एकजनामाथि आक्रमण

नवलपुर टुडे
२०८३ अशोज ३ | मध्यान्ह ०७:०६ बजे

सुनसरी । सुनसरीको देवानगञ्जमा आपसी दुश्मनीका कारण दुई युवाले  एकजनामाथि आक्रमण गरेका छन् । यादव थरका युवामाथि गोली प्रहार गरिएको आशंका गरिएको छ ।

घाइतेको तिघ्रामा चोट रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताए । ”घाइतेको तिघ्रामा चोट छ । गोली चलाएको आशंका गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको छ ।

घाइतेलाई अस्पताल पुर्‍याइएको  छ,” उनले भने । घटनामा संलग्न  दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएको अर्यालले बताए ।

कमेन्टहरु