मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
काङ्ग्रेसको १५ औं महाधिवेशन हिमालीका चार वडामा सुरु


बाजुरा, भदौ ३ । नेपाली काँग्रेसकाे १५ औं महाधिवेशन वडाकाे अधिवेशनमा हिमाली गाउँपालिका गाउँ कार्य समितिका चार वडाकाे वडा अधिवेशन शनिबारबाट सुरु भएकाे छ ।साेही गाउँ कार्यसमितिकाे वडा नम्बर १,३,४ र ७ वडा कार्य समितिकाे अधिवेशन सुरु भएकाे हिमाली गाउँ कार्यसमितिका सभापति अम्मलाल कार्कीले जानकारी दिएका छन् ।
उनले दिएकाे जानकारी अनुसार चार वटै वडा कार्य समितिकाे बैठककाे निर्णय बमाेजिम आज नै अधिवेशन सुरु गरेकाे बताएका छन् ।नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराले असाेज ४ गते गर्ने परिपत्र गरेकाे भएपनि वडाकाे बैठकले४ वडामा असाेज ३ गते गर्ने निर्णय भएकाले आज नै अधिवेश थालिएकाे सभापति कार्कीले बताए ।
चार वटै वडाकाे अधिवेशनबाट नयाँ वडा कार्य समिति चयन गरिने सभापति कार्कीकाे भनाइ रहेकाे छ।अधिवेशनकाे उद्घाटन समाराेहपछि बन्दसत्र गरेर आज नै वडाकाे नयाँ कार्य समिति नेतृत्व चयन गरिने सभापति कार्की बताउँछन् । वडा २,५ र ६ वडाकाे अधिवेशन असाेज ४ गते हुने भएकाे छ ।






















