मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

म नेपाली कांग्रेसको एक ईमान्दार सिपाई हु: नेविसंघ पुर्व केन्द्रिय सदस्य शाही

उमेश रोकाया
२०८३ अशोज ३ | मध्यान्ह ०३:०६ बजे

म नेपाली कांग्रेसको एक ईमान्दार सिपाई हु यसमा मलाई गर्भ छ! एकीकृत , सुदृढ र परिष्कृत कांग्रेसले मात्र देशको लोकतन्त्र बलियो बनाउँन सक्छ भन्ने कुरामा विश्वस्त छु ।तसर्थ म कांग्रेस र देशको सर्वोपरि हितका लागि समन्वय, सहकार्य र एकताको पक्षमा सधैं अटल भएर उभिने प्रण गर्दछु। अग्रजको अनुभव र योगदान, युवाको ऊर्जा र नवीनतम सोचको संयोजनले याे देशको काँचुली फेर्न सक्छ भन्ने कुराको विस्वास दिलाउन चाहन्छु ।

मैले विशेष महाधिवेशन हुँदा भाग लिईन तर स्पष्ट रूपमा सार्वजनिक रूपमा सोचेको, बोलेको र लेखेको थिए की नेपाली कांग्रेसको आधिकारिकता जसले पाउँछ म त्यहाँ उभिनेछु त्यति भन्दै गर्दा मैले आधिकारिकता नपाउने पक्ष विधिको शासन अनुरुप निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको निर्णयलाई सर्वमान्य, अनुसरण र शिरोधार्य गरेर पार्टी एक ढिक्का गर्नतिर लाग्ला सोचेको थिएँ । त्यो हुन सकेन, विगतका तिता अनुभवलाई बिर्सेर सबैलाई अटाउने, समेट्ने र जोड्ने मध्यमार्गी कठिन बाटोमा आफूले अपमान, गालीगलौज सहेर पार्टीलाई निकास दिन्छु भनेर लागिरहनुभएका आदरणीय नेता डा . शेखर कोईराला , बद्री पाण्डे, भुपेन्द्रजङ्ग शाही लगायत अन्य नेताहरुको प्रयत्नलाई व्यवस्ता गर्ने, नेपाली कांग्रेसलाई कमजोर बनाएर धमिलो पानीमा माछा मार्न खोज्ने देशी – बिदेशी शक्तिको उक्सावट, लहिलहिमा आफ्नो पार्टीको मूल मर्म, आदर्श र मूल्य मान्यतालाई बिर्सिने प्रवृत्ति हावी भयो जुन कुरा दुःखद र अहिलेको २ वटा १५ औँ महाधिवेशनको कार्यतालिकाको कारण बन्यो ।

मैले अस्ति मात्रै मनभित्रको भगवानलाई पुकार्दै पूर्व सभापतिले मुद्धा फिर्ता लि नुहुन्छ होला र हालका सभापतिले एकताको विशाल महाधिवेशनका लागि खुला हृदयका साथ सबैको अपनत्व हुने गरी सबैको उत्साह र हर्षोल्लासका साथ भागलीने एक/ दुई महिनाभित्र एकताको १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक हुन्छ होला र कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको सौहार्द प्रतिस्पर्धामार्फत निर्वाचित नेतृत्व चयनको प्रक्रिया अगाडि बढोस् भन्ने मुलाशयको अन्तिम अनुरोध भन्ने पोस्ट गरेको थिए तर त्यो पनि पूरा हुन सकेन ।

संसारभर रहनुहुने मेरा शुभेच्छुक दजुभाई, दिदीबहिनी, गाउँघरमा निस्वार्थ रुपमा कांग्रेसको चारतारे झण्डा र रूखको छहारीमा मिलेर बस्नुभएका तमाम कार्यकर्ताको सुझाव, सल्लाह र विधिको शासन अनुरुप आजको दिनसम्म निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतबाट आधिकारिकता पाएको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सभापतित्वमा हुने १५ औं महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेको छु !

मलाई यो पनि थाहा छ कि यो निर्णयले मलाई व्यक्तिगत रुपमा फाईदा गर्ने छैन तरपनि पार्टी एकताको मुद्धालाई पार्टीभित्रै रहेर विधिविधान , स्वस्थ प्रतिस्पर्धा र प्रक्रियामार्फत निर्क्यौल गरेर सुधार गर्नुपर्छ भन्ने ठानेर यो निर्णयमा पुगे यो निर्णयले मेरा अग्रज नेतागण, सहयात्री साथीभाईहरूमा पर्न गएको चोट, असहजताकाप्रति म क्षमा चाहन्छु , मेरो कारणले कसैको मनमा चोट नपुगोस् नदुःखिस भन्ने चाहन्थे तर राजनीतिमा त्यो सम्भव रहेनछ र अन्तमा यो पार्टी एकताको महाअभियानमा जुन पक्षमा, जो जहाँ हुनुहुन्छ त्यहींबाट आ – आफ्नो बुद्धि विवेकले भ्याए सकेजति हार्दिकता, सदभाव र मेलमिलाप गर्न गराउनका लागि अहोरात्र खटेर लाग्नहुन सादर अनुरोध गर्दछु गरेका छन ।

कमेन्टहरु