पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

रासस

सारांश
काठमाडौँ, असोज ३। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउनुभएको छ ।
संविधान दिवस २०८३का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो ।
“राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ । संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ”, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
उहाँले संविधान केवल एउटा कानुनी दस्तावेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताउनुभयो ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















