धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण

रासस

सारांश
काभ्रे । धुलिखेल नगरपालिका–२ ठाडोखोला मूलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने आधुनिक प्रविधिसहितको खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोग तथा चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठान सहयोगमा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको हो ।
नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत टिष्टा प्रसाईँ जोशीका अनुसार नेपालमा पहिलोपटक यस प्रकारको प्रविधि भित्र्याइएको हो । सन् २०२३ मा सुरु गरिएको परियोजना सन् २०२६ मा सम्पन्न भएको उनले जानकारी दिए । “रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने भएकाले यो प्रविधि ग्रामीण तथा पर्याप्त प्रशोधन सुविधा नपुगेका क्षेत्रमा उपयोगी हुन सक्छ,” उनले भने ।
प्रशोधन केन्द्रमा पानीमा रहेका जीवाणु तथा अन्य सूक्ष्म कीटाणु निष्क्रिय गर्नुका साथै धमिलोपन हटाउन सहयोग गर्ने प्रविधि जडान गरिएको छ । शुद्धीकरण प्रक्रियामा इलेक्ट्रोड, म्याग्नेटिक स्यान्ड र अल्ट्राभायोलेट (यूभी) लाइट प्रयोग हुने जोशीले जानकारी दिए ।
परियोजना कार्यान्वयनमा नास्टले प्राविधिक समन्वय तथा सहजीकरण गरेको जनाएको छ । करिब तीन वर्षमा निर्माण सम्पन्न भएको केन्द्र शुक्रबार धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरणपछि केन्द्रको सञ्चालन, रेखदेख तथा मर्मतसम्भारको जिम्मेवारी नगरपालिकाले लिनेछ ।
धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जगमले प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीयवासीलाई सुरक्षित खानेपानी उपलब्ध गराउन सहज हुने बताए । “स्थानीय मुहानको पानी प्रशोधन गरी एक घर एक धारामार्फत घरघरमा खानेपानी पुर्याउने उद्देश्यले आयोजना अघि बढाइएको हो,” उनले भने ।
स्थानीयस्तरमा सुरक्षित खानेपानीको पहुँच विस्तारसँगै पानीको गुणस्तर सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यवाहक नगरप्रमुख जगमले बताए ।

पोल्यान्डका १० हजार विद्यालयमा किन गरियो प्रहरी परिचालन ?

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर

अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो















