बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै

रासस

सारांश
काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन(ओसिभी)’ अभियान तीव्र बनाइएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी’ सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९ हजार ७३२ जनाले खोप पाएका उल्लेख गरेको छ।
यसैबिच बाढी प्रभावित क्षेत्रमा टिटानस-डिफ्थेरिया (टिडी) खोप पनि स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइते व्यक्तिलाई पनि खोप प्रदान भइरहेको छ। रसुवाका चार स्थानीय तहमा ८२१ जनाले टिडी खोप पाएका छन् भने नुवाकोटको बिदुर नगरपालिकामा ११३ जनाले टिटी खोप लगाएका प्रतिवेदनमा जनाइएको छ।
प्रतिवेदनकाअनुसार बाढीपछि शङ्कास्पद दादुराका आठ वटा रिपोर्ट रहेकामा सात नमुनाको परीक्षण नेगेटिभ आएको छ भने एउटा नमुनाको नतिजा आउन बाँकी छ। तीमध्ये रसुवाका ६ र नुवाकोटका २ वटा नमुना छन्।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुख डा अभियान गौतमकाले बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढाइएको बताए। उनका अनुसार रसुवा र नुवाकोटमा दादुरा रोग विरूद्धको ‘एमआर’ खोप अभियानको तयारी सुरु भएको छ भने धादिङ, गोरखा र तनहुँका बाँकी प्रभावित वडामा ‘ओसिभी’ खोप अभियानका लागि पनि तयारी भइरहेको छ।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अरुपनि पढ्नुहोस
सबै
स्पेनमा घर भाडा र आवास सङ्कट : लाखौँ प्रदर्शनकारी सडकमा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ
















