विद्यार्थीका सिर्जनशील नमुनाको पोखरामा प्रदर्शनी

रासस

सारांश
पाेखरा । चौधौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रदर्शनी आयोजना गरियो ।
कास्की विज्ञान शिक्षक समाजले आयोजना गरेको उक्त प्रदर्शनीमा निजी र सामुदायिक गरी २८ विद्यालयका ३६ विद्यार्थी समूहले भाग लिएका थिए ।
विद्यालय तहका विद्यार्थीलाई सूचनाप्रविधि र नवप्रवर्तनबारे जानकारी दिन प्रदर्शनीको आयोजना गरिएको समाजका अध्यक्ष महेशकुमार प्रधानले जानकारी दिए ।
प्रदर्शनीमा सहभागी विद्यार्थी समूहले निर्माण गरेका फोहरमैला व्यवस्थापन, आधुनिक प्रविधि र स्मार्ट सिटी, स्थनीय प्रविधि र मौलिक नवप्रवर्तनसम्बन्धी नमुना उपकरण तथा सामग्री प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीका उत्कृष्ट समूहलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















