डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

नवलपुर टुडे
२०८३ अशोज २ | बिहान ०८:०६ बजे

सुनसरी । इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई छन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो । सोही अस्पतालमा सन्दीपको उपचार जारी छ ।
सडकमा राखिएका डिभाइडरमा मोटरसाइकल ठोक्किएको थियो ।






















