अविनासको उत्कृष्ट गोलमा सूर्यपुर चितवन गोल्डकपको फाइनलमा

नवलपुर टुडे

सारांश
चितवन । अविनास स्याङताङ्गको सानदार गोलमा एप्पल गुरु सूर्यपुर एफसी कालिका हानामी तेस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा एनपेनाङ एफसी मलेसियालाई हराउँदै सूर्यपुर उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुरलाई जिताउन अविनास स्याङताङ्गले निर्णायक गोल गरे ।
खेलको ७८ औं मिनेटमा अविनासको लङरेन्जर प्रहारले जाली चुम्यो । अतिरिक्त समयमा सूर्यपुरका सिर्जन क्षेत्रीले फागुराम थारुलाई डिबक्स भित्र लडाएपछि एनपेनाङले पेनाल्टी पाएको थियो । तर सनिश श्रेष्ठको पेनाल्टी सूर्यपुरका विशाल सुनारले रोके ।
निर्णायक गोल गरेका सूर्यपुरका अविनास केल्मी प्लेयर अफ दि म्याच भए । यससँगै सूर्यपुरले उपाधिका लागि भरतपुर फुटबल बिएफसीको सामना गर्नेछ । बिएफसी यसअघि पहिलो सेमिफाइनलमा देवदह ब्वाईज रुपन्देहीलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।
फाईनल खेल असोज ३ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















