देश

तीनवटा संसदीय समितिको बैठक आज बस्दै (कार्यसूचीसहित)

नवलपुर टुडे
२०८३ अशोज २ | बिहान ०७:०६ बजे

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक बस्दै छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन/भ्रमणलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

बैठक बिहान ११ः३० बजे बस्नेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक,२०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ ।

बैठक बिहान १० बजे बस्नेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक बस्दै छ ।

बैठकमा भदौ १० गते भोटेकोसी नदीमा आएको बाढी र जलवायु परिवर्तनको असरलगायत विषयमा विज्ञसँग छलफल हुनेछ । बैठक बिहान १०ः३० बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

अर्थ समितिको बैठक भने स्थगित भएको छ ।

कमेन्टहरु