तीनवटा संसदीय समितिको बैठक आज बस्दै (कार्यसूचीसहित)

नवलपुर टुडे

सारांश
काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक बस्दै छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन/भ्रमणलगायत समसामयिक विषयमा छलफल हुनेछ ।
बैठक बिहान ११ः३० बजे बस्नेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक,२०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ ।
बैठक बिहान १० बजे बस्नेछ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक बस्दै छ ।
बैठकमा भदौ १० गते भोटेकोसी नदीमा आएको बाढी र जलवायु परिवर्तनको असरलगायत विषयमा विज्ञसँग छलफल हुनेछ । बैठक बिहान १०ः३० बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
अर्थ समितिको बैठक भने स्थगित भएको छ ।

पोल्यान्डका १० हजार विद्यालयमा किन गरियो प्रहरी परिचालन ?

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर

अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो















