प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

रासस

सारांश
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिना दिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागू औषध गाँजा नष्ट गरिएको छ ।
गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरी राखिएको अवस्थामा बरामद गरिएको करिब रु दुई करोड मूल्य बराबरको उक्त गाँजा प्रहरीले आज नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीच भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा उक्त परिमाणमा गाँजा भेटिएको थियो ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको वालिङमा रोकेर राखिएको ट्रकमा उक्त गाँजा भेटिए पनि चालकको भने पहिचान खुल्न सकेको छैन ।
चालक फरार रहेकाले गाँजा धनी पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख प्रकाश बुधाथोकीले जानकारी दिनुभएको छ । उक्त ट्रकका धनीलाई भने प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।
गाँजा कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको हो ।

म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कांग्रेसको १५औँ महाधिवेशन : बिहान ७ बजेबाट मतदान सुरु हुँदै

बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा, नियमित यातायात सञ्चालन अझै चुनौतीपूर्ण

अमेरिकी डलरसहित विदेशी मुद्राको आजको विनिमयदर सार्वजनिक

अरुपनि पढ्नुहोस
सबै
गौर भन्सारबाट स्रोत नखुलेको रकमसहित हुण्डी कारोबारी शेराज अली पक्राउ

चाडपर्व लक्षित सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने















