आयोजक बिएफसी पहिलो पटक चितवन गोल्डकपको फाइनलमा

नवलपुर टुडे
२०८३ अशोज १ | मध्यान्ह ०३:०६ बजे

चितवन । आयोजक भरतपुर फुटबल क्लब बिएफसी हानामी तेस्रो चितवन गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज (बिहीबार) भएको पहिलो सेमिफाइनलमा देवदह ब्वाईज रुपन्देहीलाई हराउँदै बिएफसी पहिलो पटक चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । बिएफसीको जितमा मुकुन्द निउरेले एकमात्र गोल गरे ।
बिएफसीका गोलकिपर दीप कार्की प्लेयर अफ दि म्याच बने ।प्रतियोगितामा आज नै दोस्रो सेमिफाइनल खेल हुनेछ । दोस्रो सेमिफाइनलमा एप्पल गुरु सूर्यपुर एफसी र एनपेनाङ एफसी मलेसिया भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।






















