चितवन गोल्डकप : वर्षाका कारण बिएफसी र देवदहबीचको सेमिफाइनल स्थगित

नवलपुर टुडे

सारांश
चितवन । हानामी तेस्रो चितवन गोल्डकप फुटबल अन्तर्गत भरतपुर फुटबल क्लब बिएफसी र देवदह ब्वाईज रुपन्देहीबीचको पहिलो सेमिफाइनल खेल आजका लागि स्थगित भएको छ ।
पहिलो हाफ चलिरहेको अवस्थामा भारी वर्षा भएपछि दोस्रो हाफको खेल आजका लागि स्थगित भएको हो । आज स्थगित भएको दोस्रो हाफको खेल भोलि (बिहीबार) बिहान ८ बजे हुने प्रतियोगिता संयोजक धुर्व भुसालले जानकारी दिए ।
खेल स्थगित हुनुअघि बिएफसीले अग्रता लिएको थियो । बिएफसीका लागि मुकुन्द निउरेले गोल गरेका थिए । प्रतियोगितामा भोलि नै दोस्रो सेमिफाइनल खेल हुनेछ । दोस्रो सेमिफाइनलमा एप्पल गुरु सूर्यपुर एफसी र एनपेनाङ एफसी मलेसिया भिड्नेछन् । दोस्रो सेमिफाइनल दिउँसो ४ बजे हुनेछ ।
८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















