जब ब्यानबहादुरको उद्धार भयो …

रासस

सारांश
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा खोटाङबाट बेवारिसे अवस्थाका एक सडक मानवको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउँदै आएका सोल्मास्थित रबुटोलका ५१ वर्षीय ब्यानबहादुर श्रेष्ठको बुधबार उद्धार गरिएको हो ।
वडा कार्यालय सोल्माको सिफारिसमा माया घर नेपाल सुनसरीको समन्वयमा उद्धार गरी ‘आफ्नो घर नेपाल’ बिर्तामोड पठाइएको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिएका छन् ।
श्रेष्ठलाई उद्धार गर्न माया घर नेपाल इटहरीका मेची प्रतिनिधि कौशल भण्डारी, नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, वडा अध्यक्ष ध्रुवविक्रम राईलगायत सोल्मा पुगेका थिए ।
सोल्मास्थित सडकबाट उद्धार गरिएका श्रेष्ठलाई सरसफाइ गराएर नयाँ लुगा पनि लगाई दिइएको उद्धारकर्मीले बताएका छन् । शारीरिक रूपमा कमजोर भइसक्नु भएका श्रेष्ठलाई बिर्तामोड पठाउन नगरपालिकाले गाडीको व्यवस्था मिलाएको थियो ।
बेवारिसे अवस्थामा दिनरात सडकमा डुलिरहनु हुने श्रेष्ठका बुबा बेपत्ता भएको र आमाको मृत्यु भइसकेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । घरपरिवारले उपचार गर्दा ठिक नभएपछि बेवारिसे बनेर डुलिरहनु हुने श्रेष्ठलाई उद्धार गरेर आफ्नो घर नेपाल पठाइएसँगै सहज जीवनयापन गर्न पाउने भएका छन् ।
माया घर नेपालले यसअघि कोठामा थुनिएर बस्न बाध्य खोटाङका नौ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरिसकेको छ । जिल्लाबाट उद्धार गरेर पठाइएका सबैले सहज रूपमा जीवनयापन तथा अध्ययन गरिरहेको खोटाङ प्रतिनिधि ढकालले जानकारी दिए ।

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित

४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित
अरुपनि पढ्नुहोस
सबै
नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान

छिमेकीको हत्या आरोपमा पोखरामा युवक प्रक्राउ

हुम्लामा गएरातिदेखि हिमपात, जनजीवन प्रभावित

देशभर १७ विपद्का घटना, तीनको मृत्यु















