समाज

दलितको पक्षमा आवाज उठाउँदा फसाइयो : सञ्जय यादव

नवलपुर टुडे
२०८३ अशोज १ | मध्यान्ह १२:०६ बजे

असोज १ गते। फतुवा विजयपुर नगरपालिका वडा नं ५, सन्तपुर (दो.)स्थित दलित टोलमा भएको कुटपिट तथा दुर्व्यवहारसम्बन्धी घटनामा मेयर प्रत्यासी विजय यादवका दाई सञ्जय यादव भनिने शिउपूजन यादव पक्राउ परेपछि उनको पक्राउको विषय चर्चामा आएको छ।

सञ्जय यादव पक्षले भने दलित समुदायमाथि भएको घटनापछि पीडित परिवारलाई सहयोग गर्दै न्यायका लागि पहल गरेकै कारण आफूलाई उक्त घटनामा षड्यन्त्रपूर्वक जोडिएको दाबी गरेको छ। उनीहरूले राजनीतिक प्रतिशोधका कारण सञ्जय यादवलाई मुद्दामा तानिएको आरोपसमेत लगाएका छन्।

के थियो सन्तपुर घटना?

२०८२ फागुन १९ गते होली पर्वको पूर्वसन्ध्यामा सन्तपुरस्थित दलित टोलमा दुई पक्षबीच विवाद भएको थियो। पीडित पक्षका अनुसार विवादका क्रममा केही व्यक्तिहरू लाठी भाटा लिएर घरमा प्रवेश गरी कुटपिट गरेका थिए। घटनामा दुई महिलासहित ६ जना घाइते भएको पीडित पक्षले जनाएको थियो।

पीडित पक्षले घरमा प्रवेश गरी कुटपिट गर्नुका साथै घरका सामानसमेत तोडफोड गरिएको आरोप लगाउँदै दोषीमाथि कारबाहीको माग गरेको थियो।

पीडितको पक्षमा उभिएको

घटनापछि पीडित परिवारले आफूहरूलाई नै प्रहरीले नियन्त्रणमा लिएको र न्यायका लागि जाहेरी दर्ता गराउन कठिनाइ भएको गुनासो गरेको सञ्जय यादव पक्षको भनाइ छ।

यही क्रममा सञ्जय यादवले पीडित दलित परिवारको पक्षमा सहयोग गर्दै न्यायका लागि पहल गरेको र त्यसैलाई आधार बनाएर पछि आफूलाई घटनामा जोडिएको उहाँले भने।

त्यसबेला आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

पीडित बिर्जा राम चमारको उजुरीका आधारमा घटनामा संलग्न भएको आरोपमा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको बताइएको छ।

मुद्दामा पसिन्द्र यादव, भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नवीन कुमार यादव र जयप्रकाश यादवको नाम रहेको बताइएको छ। तीमध्ये पसिन्द्र यादव त्यसबेला पक्राउ परेको बताइएको छ। उहीहरु अदालतको जमानी हाजरी गरिएको अहिले सधारन तारिक खेपिरहेको छ ।

यसैबीच, सञ्जय यादवसहित विजय यादव, रणवीर यादव, ललन राम, बिर्जा राम र राजकुमार रामलाई समेत विपक्षी बनाएर उच्च अदालतबाट परमादेशसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको सञ्जय यादवले जनाएको छ।

प्रहरी भन्छ पक्राउ अनुसन्धानका लागि

सञ्जय यादव भनिने शिउपूजन यादव सोमबार रौतहट जिल्ला सरकारी वकिल कार्यालयमार्फत थुनामुक्त भएका छन्।

यता, इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाका कार्यालय प्रमुख राजदेश खत्रीले सञ्जय यादवलाई उच्च अदालत वीरगन्जबाट आएको परमादेश तथा जिल्ला सरकारी वकिल कार्यालय रौतहट, गौरबाट प्राप्त पक्राउ पुर्जीका आधारमा सोधपुछ तथा अनुसन्धानका लागि पक्राउ गरिएको बताए।

कमेन्टहरु