बाढीले १३ घरमा क्षति

रासस

सारांश
तनहुँ । अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले स्थानीय १३ घरमा सामान्य क्षति पुर्याएको छ ।
प्रहरीका अनुसार बाढीबाट कुनै मानवीय क्षति भने नभएको तथा अहिले पानीको बहाव पनि घटिसकेको छ । गए राति खोल्सीमा बहाव बढेर स्थानीयवासीका घरमा पानी पसेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेल नेतृत्वको टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीको पानी तीनवटा पक्की र १० वटा कच्ची घरमा पसेको थियो । घटनापछि प्रहरीले स्थानीयसँग समन्वय गरी आवश्यक उद्धार तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । हाल उक्त क्षेत्रमा पानीको बहाव घटिसकेकाले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

‘लमजुङ दरबार’सँगै बाँचेको माया

बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठ विशेष समारोहद्वारा मनाइयो

तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको पहुँच सडक मर्मत सुरु
अरुपनि पढ्नुहोस
सबै
म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कांग्रेसको १५औँ महाधिवेशन : बिहान ७ बजेबाट मतदान सुरु हुँदै

बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा, नियमित यातायात सञ्चालन अझै चुनौतीपूर्ण

अमेरिकी डलरसहित विदेशी मुद्राको आजको विनिमयदर सार्वजनिक















