झापामा जङ्गली हात्ती मृत फेला

रासस

सारांश
झापा । झापाको मेचीनगर नगरपालिका–३ तेलपानीस्थित धानबारीमा मङ्गलबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवका अनुसार हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको छ। स्थानीयवासीले धानखेतमा वयस्क दाह्रे हात्ती मरेको देखेर प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए। हात्तीको मृत्युको स्पष्ट कारण भने अझै खुल्न नसकेको यादवले बताएका छन्।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो १६ वर्षमा झापाका विभिन्न क्षेत्रमा २८ वटा जङ्गली हात्ती मृत भेटिएका छन्।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















