इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलरभन्दा बढी

एजेन्सी

सारांश
वाशिङटन डीसी । इरानविरुद्ध अमेरिकाले छ महिनादेखि सञ्चालन गरिरहेको युद्धमा हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च भएको अमेरिकी कांग्रेसको गैरदलीय बजेट कार्यालय (सीबीओ)ले जनाएको छ । युद्ध जारी रहेमा खर्च हरेक महिना थप करिब ३ अर्ब डलर बढ्न सक्ने कार्यालयको अनुमान छ । सीबीओको यो हिसाब अगस्ट १ सम्म भएको खर्चमा आधारित रहेको बताइएको छ ।
रिपोर्टअनुसार युद्धका कारण सन् २०२७ को पहिलो तीन महिनामा अमेरिकाको मुद्रास्फीति शून्य दशमलव ५ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ ।
युद्धको बढ्दो खर्चले अमेरिकी हतियार तथा गोलाबारुदको भण्डारमा समेत दबाब परेको छ । सीबीओका अनुसार युद्धका क्रममा तीव्र गतिमा प्रयोग भइरहेका गोलाबारुदको भण्डार पुनःभर्ना गर्न पाँच वर्षसम्म लाग्न सक्ने अनुमान छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले युद्धका क्रममा आफ्ना लामो दूरीका अत्याधुनिक क्षेप्यास्त्रहरूको ठूलो हिस्सा प्रयोग गरिसकेको छ । यसले भविष्यमा उत्पन्न हुन सक्ने अन्य सम्भावित द्वन्द्वमा अमेरिकाको सैन्य प्रतिक्रिया क्षमताबारे समेत चिन्ता बढाएको छ ।
युद्धको लागत जुलाई २१ मा रक्षामन्त्री पिट हेगसेथले अमेरिकी सिनेटको सुनुवाइमा उल्लेख गरेको ३७ अर्ब ५ करोड डलरभन्दा केही बढी हो । युद्धले अमेरिकी अर्थतन्त्रमा थप दबाब पनि सिर्जना गरेको छ । इरानसँगको द्वन्द्वका कारण ऊर्जाको मूल्य बढेको र संघीय बजेटमा थप भार परेको सीबीओले जनाएको छ ।
यसैबीच, ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्ने तथा स्ट्रेट अफ होर्मुज पुनःखोल्ने उपाय खोजिरहेको छ । विश्वको महत्वपूर्ण तेल तथा व्यापारिक मार्गमध्ये एक होर्मुजमा जारी अवरोधले विश्वव्यापी ऊर्जा बजारमा समेत असर पारिरहेको छ ।
सीबीओले आफ्नो रिपोर्टमा अमेरिकी रक्षा मन्त्रालयले कांग्रेसका वित्तीय लेखापरीक्षकहरूसँग आवश्यक सहकार्य नगरेको पनि उल्लेख गरेको छ ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















