समाज

श्री दुर्गा बाल विकास केन्द्रमा प्रारम्भिक बाल विकास सम्बन्धी सिकाइ मेला आयोजना हुने

नन्द किशोर कुर्मी (लालु)
२०८३ भदौ ३१ | बिहान ०७:०५ बजे

कपिलवस्तु। विजयनगर गाउँपालिका–७, गेडुवाजोतस्थित श्री दुर्गा बाल विकास केन्द्रमा प्रारम्भिक बाल विकास (ECD) सम्बन्धी विशेष सिकाइ मेला आयोजना हुने भएको छ।

केन्द्रमा अध्ययनरत बालबालिकाको सर्वाङ्गीण विकास तथा सृजनात्मक सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो। नेपाल एकीकृत विकास परियोजना अन्तर्गत आयोजना हुन लागेको यस मेलामा अभिभावक, अनुभववाला, समाजसेवी, बुढापाका, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिलगायत सरोकारवाला सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।

मेला २०८३ साल असाेज २ गते शुक्रबार बिहान ११ बजे केन्द्रकै परिसरमा हुनेछ। कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष तुलसीराम कुर्मीले गर्नेछन् भने बाल विकास शिक्षिका गुडिया देवी कुर्मीले निमन्त्रणापत्र जारी गरेकी छन्।

आर्थिक तथा प्राविधिक सहयोग कारुणा शेचेनले गरेको छ भने समन्वय विजयनगर गाउँपालिका कपिलवस्तुले गरेको हो। आयोजक श्री दुर्गा बाल विकास केन्द्र, विजयनगर गा.पा.–७, गेडुवाजोतमा छ।

थप जानकारीका लागि सम्पर्क नम्बरहरू ९८४७१३२४८८ र ९८००७३४११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ। स्थानीय बाल विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना हुन लागेको यस मेलामा सरोकारवालाहरूको सक्रिय सहभागिता अपेक्षा गरिएको छ।

801219685 1407318657420231 8976665621883279134 n

कमेन्टहरु