भानु नगरपालिकाबाटै जग्गा प्रशासन सेवा सुरु, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

नवलपुर टुडे

सारांश
तनहुँ । तनहुँको भानु नगरपालिकाले जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा प्रशासन सेवा सुरु गरेको हो।
भूमि प्रशासन सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि भानु नगरपालिकाका सेवाग्राहीलाई जग्गासम्बन्धी कामका लागि सदरमुकाम दमौली धाउनुपर्ने बाध्यता हटेको छ। सेवा सुरु भएसँगै नगरपालिकाले जग्गा प्रशासनको कामलाई स्थानीय तहबाटै सहज, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराइने जनाएको छ।
भूमिसम्बन्धी सम्पूर्ण सेवा नगरपालिकाबाटै उपलब्ध हुन थालेपछि नगरवासीलाई ठुलो सुविधा पुगेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए। स्थानीय तहबाटै सेवा उपलब्ध हुने भएपछि सेवाग्राहीको समय, खर्च र झन्झट बचत हुने उनको भनाइ छ।
नगरपालिकाले जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालनका लागि छुट्टै भूमि व्यवस्थापन शाखा गठन गरेको छ। उक्त शाखाअन्तर्गत विभिन्न प्रकृतिका कामलाई व्यवस्थित गर्न भूसेवा केन्द्र तथा कागजात परीक्षण फाँट, लिखित रजिष्ट्रेशन तथा जग्गा प्रशासन फाँट, नक्सा अद्यावधिक फाँट र तामेली फाँट स्थापना गरिएको नगरप्रमुख त्रिपाठीले जानकारी दिए।
स्थानीय तहबाटै जग्गा प्रशासनसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सरकारी सेवा नागरिकको घरदैलो नजिक पुऱ्याउने उद्देश्यलाई सहयोग पुग्ने सेवाग्राही तोरणबहादुर अधिकारीले बताएका छन्। नगरपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन आवश्यक जनशक्ति, अभिलेख व्यवस्थापन तथा प्राविधिक पूर्वाधारलाई थप सुदृढ बनाउने उपप्रमुख उमा गोतामले जानकारी दिइन्।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















