भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

रासस
२०८३ भदौ ३० | मध्यान्ह ०२:०५ बजे

काठमाडौँ । रसुवा बाढीमा परी घाइते भएका आठ जना बिरामीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
शिक्षण अस्पतालका प्रवक्ता एवं वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाईँले अस्पतालमा उपचारका लागि ल्याएका ८३ घाइते मध्ये हाल आठको उपचार भइरहेको जानकारी दिएका हुन् ।
अस्पतालमा ल्याएका मध्ये एकको भने उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।






















