देवदह फराकिलो जितसहित चितवन गोल्डकपको सेमिफाइनलमा

नवलपुर टुडे

सारांश
चितवन । सुजित बुढाथोकी नायक बनेपछि देवदह ब्वाईज रुपन्देही फराकिलो जित निकाल्दै हानामी तेस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) भएको खेलमा रेडहर्ष एफसी ईलामलाई हराउँदै देवदह सेमिफाइनलमा पुगेको हो ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको एकतर्फी खेलमा देवदह ६-० ले विजयी भयो । देवदहको जितमा सुजित बुढाथोकी नायक बने । उनले ४ गोल गरे । यस्तै सुरज चौधरी र निरज थापाले एक-एक गोल गरे । ४ गोल गरेका सुजित केल्मी प्लेयर अफ दि म्याच बने ।
देवदहले अब पहिलो सेमिफाइनलमा आयोजक भरतपुर फुटबल क्लब बिएफसीको सामना गर्नेछ । बिएफसी यसअघि पहिलो खेलमा पाकक्षम फुटबल क्लब भुटानलाई ६-१ ले हराउँदै सेमिफाइनलमा पुगिसकेको छ ।
प्रतियोगितामा भोलि (मंगलबार) अन्तिम क्वाटरफाइनल खेल हुनेछ । अन्तिम क्वाटरफाइनलमा एपीएफ फुटबल क्लब काठमाडौं र एनपेनाङ मलेसिया भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । ८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















