अर्थ, इतिहास, कर्णाली प्रदेश, कृषि, कोशी प्रदेश, गण्डकी प्रदेश, दुबई यूएई, देश, पर्यटन, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, मानवअधिकार, मुख्य समाचार, लुम्बिनी प्रदेश, वातावरण, विश्व, शिक्षा, समाचार, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

बागलुङमा सकारात्मक अभिभावकत्व तालिम

याम बहादुर थापा मगर
२०८३ भदौ २९ | बिहान ०८:०५ बजे

याम बहादुर थापा मगर
बागलुङ
भाद्र २८, २०८३
बागलुङ जिल्लामा बौद्धिक अपांगता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको आयोजनामा ३ दिने सकारात्मक अभिभावकत्व तालिम बौद्धिक अपांगता भएका व्यक्तिहरुका अभिभावकहरु तथा बौद्धिक अपांग भएको व्यक्तिहरुको सहभागीतामा पारिवारीक हेरचाह तथा सकारात्मक अभिभावकत्व तालिम सम्पन्न भएको जानकारी फिल्ड अफिसर अस्मिता आर्चायले जानकारी दिनुभयो । तालिममा बागलुङ जिल्लाका २१ जना सहभागी रहेका थिए ।
तालिममा सहभागीहरुलाई अपांगता, बौद्धिक अपागंताको परिचय र प्रकारहरु, हेरचाह सम्बन्धी, बाल अधिकार, तनाव व्यवस्थापन, सकारात्मक सोच, सकारात्मक अभिभावकत्व, अभिभावकहरुले गर्न सक्ने बौद्धिक अपांगता भए बालबालिकाहरुलाई सकारात्मक व्यवहार,विद्यालयमा अपांग बालबालिकालाई शिक्षकहरुले गर्ने व्यवहार, समाजका व्यक्तिहरुले गर्ने व्यवहार, मनोसामाजिक परार्मशका बारेमा प्रशिक्षण दिइएको थियो । सो तालिम सहजीकरण सकारात्मक अभिभावकत्व सम्बन्धी प्रशिक्षण प्रशिक्षक तथा अभिभावक सघ बागलुङका उपाध्याक्ष दुर्गा प्रसाद शर्मा र सचिव याम बहादुर थापा मगरले गर्नु भएको थियो ।
सो तालिमको लागि एन.एफ.यु.नर्वेको सहयोगमा, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको परार्मश, बागलुङ विशेष बाल कक्षा प्राथमिक विद्यालय, उपल्लाचौर,बागलङको समन्वय, अपाङ्गता अधिकारका लागि लागि सहकार्य सिएडिआर परियोजना अन्तर्गत सकारात्मक अभिभावककीय तालिम संचालन भएको जानकारी बौद्धिक अपांगता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङका अध्यक्ष टिकाराम सापकोटाले जानकारी गराउनु भयोे । साथै तालिम समापन समारोहमा बागलुङ विशेष बाल कक्षा प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद मलेपति, शिक्षक भगवती के.सी., अभिभावक महेन्द्र बहादुर थापा मगर, अभिभावक सावित्रा भण्डारीले तालिमको समिक्षा गर्दै आफुले सिकेका कुरा घर परिवारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कमेन्टहरु