बागलुङमा सकारात्मक अभिभावकत्व तालिम

याम बहादुर थापा मगर

सारांश
याम बहादुर थापा मगर
बागलुङ
भाद्र २८, २०८३
बागलुङ जिल्लामा बौद्धिक अपांगता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको आयोजनामा ३ दिने सकारात्मक अभिभावकत्व तालिम बौद्धिक अपांगता भएका व्यक्तिहरुका अभिभावकहरु तथा बौद्धिक अपांग भएको व्यक्तिहरुको सहभागीतामा पारिवारीक हेरचाह तथा सकारात्मक अभिभावकत्व तालिम सम्पन्न भएको जानकारी फिल्ड अफिसर अस्मिता आर्चायले जानकारी दिनुभयो । तालिममा बागलुङ जिल्लाका २१ जना सहभागी रहेका थिए ।
तालिममा सहभागीहरुलाई अपांगता, बौद्धिक अपागंताको परिचय र प्रकारहरु, हेरचाह सम्बन्धी, बाल अधिकार, तनाव व्यवस्थापन, सकारात्मक सोच, सकारात्मक अभिभावकत्व, अभिभावकहरुले गर्न सक्ने बौद्धिक अपांगता भए बालबालिकाहरुलाई सकारात्मक व्यवहार,विद्यालयमा अपांग बालबालिकालाई शिक्षकहरुले गर्ने व्यवहार, समाजका व्यक्तिहरुले गर्ने व्यवहार, मनोसामाजिक परार्मशका बारेमा प्रशिक्षण दिइएको थियो । सो तालिम सहजीकरण सकारात्मक अभिभावकत्व सम्बन्धी प्रशिक्षण प्रशिक्षक तथा अभिभावक सघ बागलुङका उपाध्याक्ष दुर्गा प्रसाद शर्मा र सचिव याम बहादुर थापा मगरले गर्नु भएको थियो ।
सो तालिमको लागि एन.एफ.यु.नर्वेको सहयोगमा, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको परार्मश, बागलुङ विशेष बाल कक्षा प्राथमिक विद्यालय, उपल्लाचौर,बागलङको समन्वय, अपाङ्गता अधिकारका लागि लागि सहकार्य सिएडिआर परियोजना अन्तर्गत सकारात्मक अभिभावककीय तालिम संचालन भएको जानकारी बौद्धिक अपांगता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङका अध्यक्ष टिकाराम सापकोटाले जानकारी गराउनु भयोे । साथै तालिम समापन समारोहमा बागलुङ विशेष बाल कक्षा प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद मलेपति, शिक्षक भगवती के.सी., अभिभावक महेन्द्र बहादुर थापा मगर, अभिभावक सावित्रा भण्डारीले तालिमको समिक्षा गर्दै आफुले सिकेका कुरा घर परिवारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान











