मोदीले भाषण रोक्दै सी जिनपिङलाई सोधे– ‘तपाईं आराम हुनुहुन्छ ?’

एजेन्सी

सारांश
नयाँदिल्ली । भारतमा जारी ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ताले भारत–चीन सम्बन्धमा सुधारको संकेत दिएको छ । सम्मेलनका क्रममा मोदीले आफ्नो सम्बोधन केही क्षण रोकेर जिनपिङको स्वास्थ्य अवस्थाबारे समेत चासो व्यक्त गरेका छन् ।
दूरदर्शनले सार्वजनिक गरेको भिडियोमा मोदीले सम्बोधन गरिरहेका बेला जिनपिङतर्फ ध्यान दिएका थिए । त्यसपछि उनले जिनपिङसँगै रहेका अनुवादकलाई अंग्रेजीमा ‘इज इट ओके ?’ भन्दै उनी ठीक भए–नभएको सोधेका थिए । केही क्षणपछि मोदीले फेरि त्यही प्रश्न दोहोर्याएको भिडियोमा देखिन्छ ।
जिनपिङले टाउको हल्लाउँदै जवाफ दिएपछि मोदीले आफ्नो सम्बोधन पुनः सुरु गरेका थिए । यद्यपि, त्यतिबेला जिनपिङ असहज देखिनुको वास्तविक कारण भने स्पष्ट भएको छैन । यो समस्या माइक्रोफोन, अनुवाद वा अन्य प्राविधिक विषयसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।
मोदी–जिनपिङ भेटमा देखियो न्यानोपन
जिनपिङ भारत आइपुग्दा मोदीले भारत मण्डपममा उनको न्यानो स्वागत गरेका थिए । दुई नेताले हात मिलाएका थिए । उनीहरूबीचको भेटका क्रममा पछाडि तमिलनाडुको रामनाथस्वामी मन्दिरको प्रसिद्ध वास्तुकला देखाइएको थियो । मोदीले जिनपिङलाई उक्त वास्तुकलाबारे जानकारी गराएको बताइएको छ । त्यसपछि दुई नेताबीच लामो कुराकानीसमेत भएको थियो ।
द्विपक्षीय बैठकमा भारत र चीनले आपसी मतभेदलाई विवादमा परिणत हुन नदिनुपर्नेमा जोड दिएका थिए । दुवै देशले सम्बन्धलाई दीर्घकालीन र रणनीतिक दृष्टिकोणबाट अघि बढाउने तथा आपसी सम्मान, आपसी संवेदनशीलता र आपसी हितलाई मार्गदर्शक सिद्धान्त बनाउने विषयमा जोड दिएका छन् ।
गलवान घटनापछि लामो समय तनावपूर्ण बनेको भारत–चीन सम्बन्धमा पछिल्लो समय संवाद र सम्पर्क बढाउने प्रयास भइरहेको छ । ब्रिक्स सम्मेलनको पहिलो दिन मोदी र जिनपिङबीच देखिएको सहजता तथा कुराकानीलाई पनि यही सुधारको प्रयाससँग जोडेर हेरिएको छ ।
डिनरमा जिनपिङ नजानुको काराण
मोदीले भाषणकै बीच जिनपिङको अवस्थाबारे चासो राखेको घटनापछि चिनियाँ राष्ट्रपति प्रधानमन्त्री मोदीले आयोजना गरेको रात्रिभोजमा सहभागी नभएपछि त्यसबारे थप चर्चा भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार जिनपिङ लामो यात्राका कारण थकित थिए । उनी शनिबार बिहान चीनबाट प्रस्थान गरी दिउँसो नयाँदिल्ली आइपुगेका थिए । त्यसपछि उनले ब्रिक्स सम्मेलनमा सहभागिता जनाउनुका साथै मोदीसँग द्विपक्षीय वार्ता पनि गरेका थिए ।
व्यस्त कार्यक्रम, लामो हवाई यात्रा र समयको अन्तरका कारण थकान महसुस गरेपछि जिनपिङ होटल फर्किएर आराम गर्न गएको बताइएको छ । त्यसैले डिनरमा उनको अनुपस्थितिलाई तत्कालै कुनै राजनीतिक संकेतका रूपमा लिन नहुने बताइएको छ ।

पोल्यान्डका १० हजार विद्यालयमा किन गरियो प्रहरी परिचालन ?

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर

अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो















