साउदी अरबकाे सैन्य अखडा हुथी विद्रोहीको निशानामा

एजेन्सी

सारांश
सना । यमनका हुथी विद्रोहीहरूले दक्षिणी साउदी अरबमा रहेको एउटा सैन्य अखडालाई ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत निशाना बनाएको दाबी गरेका छन् । हुथी सैन्य प्रवक्ता याह्या सरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको भन्दै बीबीसी फारसीले समाचार छापेको छ ।
याह्या सरीका अनुसार दक्षिणी साउदी अरबमा रहेको शरूरा सैन्य अखडामा हमला गरिएको हो । उनका अनुसार उक्त हमलामा साउदी अरबका हतियार भण्डार तथा कमान्ड एन्ड कन्ट्रोल केन्द्रहरूलाई निशाना बनाइएको थियो ।
यद्यपि,हुथी प्रवक्ताले हमला कुन समयमा भएको हो भन्नेबारे जानकारी दिएका छैनन् । ‘यदि यमनविरुद्ध सैन्य कारबाही जारी रह्यो भने हुथीहरूले साउदी क्षेत्रभित्रका इलाकामा ठुला हमला गर्न सक्छन्,’ उनले साउदी अरबलाई चेतावनी दिँदै भनेका छन् ।
यसैबिच,एक्सियोसको एउटा समाचारमा साउदी अरबका युवराजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुथी विद्रोही विरुद्ध सैन्य कारबाही गर्न माग गरेको दाबी गरिएको छ । तर ट्रम्पले उक्त माग अस्वीकार गरेको समाचारमा भनिएको छ ।

मधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा

युक्रेन युद्धकै समयमा युरोपमा ग्यास बेच्नबारे रुस–अमेरिकाबिच छलफल

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन

मृतकका परिवारलाई ताराखोला गाउँपालिकाको एक लाख राहत
अरुपनि पढ्नुहोस
सबै
सुदूरपश्चिममा ५५ दिनसम्म पनि बजेट नल्याएकाेमा कांग्रेसको आपत्ति

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि।।।


३१ हिमाल आरोहणका निम्ति ७० देशका ७८८ जनालाई अनुमति















