रुकुम पश्चिमको सानीभेरीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, नौ घाइते

रासस

सारांश
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
आइतबार बिहान वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी-९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जानकारी दिए । घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गइरहेको उनले बताए । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा चारजना गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी गराए । “जीपमा ११ जना सवार थिए । तीमध्ये पाँचजना घाइतेको अवस्था भने मध्यम छ । जीप चालक र एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ भने सनाखत हुन बाँकी छ”, उनले भने ।
घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर माग गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















