चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

नवलपुर टुडे


चितवन । हानामी तेस्रो चितवन गोल्डकप फुटबलमा आयोजक भरतपुर फुटबल क्लब बिएफसीले विजयी सुरुवात गरेको छ ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा आज (शनिबार) भएको प्रतियोगिताको उद्घाटन खेलमा बिएफसीले पाकक्षम फुटबल क्लब भुटानलाई ६-१ ले हराउँदै विजयी सुरुवात गरेको हो । उसको जितमा गणश हमालले ह्याटि्रक गरे ।
यस्तै रोशन क्षेत्री, मुकुन्द निउरे र एबिन बस्यालले १-१ गोल गरे । पाकक्षमका लागी पेम्बा राईले एक मात्र गोल गरे । ह्याटि्रक गरेका बिएफसीका गणेश केल्मी प्लेयर अफ दि म्याच बने ।
प्रतियोगितामा भोलि (आईतबार) एप्पल गुरु सूर्यपुर एफसी र सात दोबाटो युथ क्लब ललितपुर भिड्नेछ । ८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
अरुपनि पढ्नुहोस
सबै
यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य
















