कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी

सारांश
कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या ७ हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब तीन हजार ४ सय पुगेको छ ।
शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्थासम्बन्धी पछिल्लो विवरणअनुसार सेप्टेम्बर १० सम्म ७ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण तीन हजार ३ सय ९८ जनाको मृत्यु भएको छ भने एक हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् ।
हालको तथ्यांकअनुसार संक्रमितमध्ये मृत्यु हुने दर ४८ दशमलव ४ प्रतिशत रहेको छ । इबोलाको प्रकोप कङ्गोका सात प्रान्तका ६२ स्वास्थ्य क्षेत्रमा फैलिएको छ । स्थानीय अधिकारीहरूका अनुसार सुद–उबाङ्गी प्रान्तमा पनि एक जनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको हो ।
सुद–उबाङ्गीमा पुष्टि भएको संक्रमण दक्षिण किभु प्रान्तबाट यात्रा गरेर आएका २३ वर्षीय पुरुषमा देखिएको थियो । ती संक्रमितको पछि मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
सुद–उबाङ्गी यसअघि संक्रमण पुष्टि भएका छ वटा प्रान्तसँग सीमा जोडिएको छैन। ती प्रान्तहरूमा इतुरी, उत्तर किभु, दक्षिण किभु, हाउट–उएले, चोपो र बास–उएले रहेका छन् ।
गत मे महिनामा घोषणा गरिएको हालको इबोला प्रकोप कङ्गोको इतिहासमै सबैभन्दा ठूलो र घातक बनेको छ । विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप बनेको छ ।

‘लमजुङ दरबार’सँगै बाँचेको माया

बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठ विशेष समारोहद्वारा मनाइयो

तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको पहुँच सडक मर्मत सुरु
अरुपनि पढ्नुहोस
सबै
म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कांग्रेसको १५औँ महाधिवेशन : बिहान ७ बजेबाट मतदान सुरु हुँदै

बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा, नियमित यातायात सञ्चालन अझै चुनौतीपूर्ण

अमेरिकी डलरसहित विदेशी मुद्राको आजको विनिमयदर सार्वजनिक















