मध्यावधि चुनावपछि मात्रै इरान युद्ध सकिन्छ : ट्रम्प

एजेन्सी

सारांश
वाशिङटन डीसी । इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि मात्रै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । निर्वाचन सकिएलगत्तै युद्ध अन्त्य हुने र त्यसपछि तेलको मूल्य पनि तीव्र रूपमा घट्ने दाबी उनले गरेका छन् ।
बुधबार टेक्सासतर्फ जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले तेहरानले लामो समयसम्म युद्ध धान्न नसक्ने दाबी गरे । उनले भने, ‘निर्वाचनलगत्तै युद्ध अन्त्य हुनेछ, किनभने त्यसबेलासम्म इरानले धान्न सक्ने अवस्था रहने छैन,’ । ट्रम्पका अनुसार अहिले बढिरहेको तेलको मूल्य पनि मध्यावधि निर्वाचनअघि घट्ने सम्भावना कम छ । पछिल्लो समय पश्चिम एशियामा युद्ध चर्किएपछि बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको थियो । यो जुलाईपछि पहिलोपटक तेलको मूल्य १०० डलर पुगेको हो ।
‘चुनावको लगत्तै, तेलको मूल्य घट्दै जानेछ,’ ट्रम्पले पत्रकारहरूलाई भने । ‘मलाई लाग्छ यसले मध्यावधि भन्दा अलि बढी समय लिनेछ,’ । अझ अगाडि उनले भनेका छन् । इरानले अमेरिकी निर्वाचनलाई प्रभावित पार्न खोजिरहेको आरोप पनि ट्रम्पले लगाएका छन् ।
उनका अनुसार तेहरानले अमेरिकी निर्वाचनबाट आफ्नो पक्षमा कमजोर समूह सत्तामा ल्याउने प्रयास गर्न सक्नेछ । ट्रम्पले डेमोक्र्याटतर्फ संकेत गर्दै यस्तो समूह आएमा इरानलाई आफ्नो आणविक हतियार विकास गर्न सहज हुने दाबी गरेका छन् । तर इरानले आफू आणविक हतियार निर्माण गर्ने प्रयासमा रहेको आरोप पटक–पटक अस्वीकार गर्दै आएको छ ।
आगामी मध्यावधि निर्वाचनअघि रिपब्लिकन पार्टीको पहिलो सम्मेलनमा सहभागी हुन टेक्सास पुगेको बेलामा ट्रम्पको यी अभिव्यक्ति आएका हुन् । नोभेम्बरमा हुने निर्वाचनले अमेरिकी प्रतिनिधिसभा र सिनेटमा रिपब्लिकनको नियन्त्रण कायम रहने वा डेमोक्र्याटले शक्ति फिर्ता लिने भन्ने निर्धारण गर्नेछ । यसैबीच, इरानसँगको युद्धलाई लिएर ट्रम्पमाथि आफ्नै रिपब्लिकन पार्टीभित्रबाट समेत दबाब बढिरहेको छ । युद्धका कारण इन्धनदेखि खाद्यान्नसम्मको मूल्य बढेपछि ट्रम्पको लोकप्रियता घटिरहेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।
ट्रम्पले यसअघि इरानसँगको युद्ध केही सातामै समाप्त हुने अनुमान गरेका थिए । तर युद्ध सातौँ महिनामा प्रवेश गरिसकेको छ । पछिल्ला दिनमा मध्यपूर्वमा लडाइँ झनै तीव्र बनेको छ । बुधबार अमेरिकी सेनाले इरानसँग सम्बन्धित पाँचवटा तेल ट्यांकरमाथि आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानले स्ट्रेट अफ होर्मुजमा दुई अमेरिकी नौसैनिक विध्वंसक जहाज र आठवटा तेल ट्यांकरमाथि आक्रमण गरेको इरानी सरकारी सञ्चारमाध्यमले दाबी गरेको छ । ती आक्रमणबाट जहाजहरूमा ठूलो क्षति पुगेको बताइएको छ ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















