जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी

सारांश
काठमाडौ । प्रधानमन्त्री सानाए ताकाइचीको लोकप्रिय सरकारको सामना गर्न प्रभावकारी विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि जापानको विपक्षी खेमा थप विभाजित बनेको छ ।
प्रमुख विपक्षी दलले बुधबार आफूलाई विघटन गर्ने घोषणा गरेको छ ।
‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ले आफ्ना राजनीतिक गतिविधि बन्द गर्ने निर्णय गरेको दलका प्रमुख जुन्या ओगावाले पत्रकार सम्मेलनमा बताए । यससँगै ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विरुद्ध प्रभावकारी राजनीतिक विकल्प निर्माण गर्ने आठ महिनादेखिको प्रयास समाप्त भएको छ ।
“बाँकी रहेका आर्थिक दायित्व चुक्ता गरेपछि हामी पार्टी विघटन गर्नेछौँ,” ओगावाले भने । ताकाइची सरकारविरुद्ध थप बलियो र एकीकृत विपक्षी शक्ति निर्माण गर्ने तथा दुई प्रमुख विपक्षी समूहलाई एकीकृत गर्ने उद्देश्यले जनवरीमा यो मध्यमार्गी दल गठन गरिएको थियो । ती समूहमा एलडीपीको पूर्व गठबन्धन साझेदार कोमेइतो र कन्स्टिट्युसनल डेमोक्रेटिक पार्टी अफ जापान (सीडीपीजे) थिए ।
फेब्रुअरीमा भएको आमनिर्वाचनमा नयाँ दलले अपेक्षाअनुसार नतिजा ल्याउन सकेन । ४६५ सदस्यीय तल्लो सदनमा सेन्ट्रिस्ट रिफर्म एलायन्सले ४९ सिट मात्र जित्न सक्यो । पुनःनिर्वाचन लडेका उसका १०० भन्दाबढी बहालवाला सांसदसमेत पराजित भए ।
यसको विपरीत, एलडीपीले १०० भन्दाबढी सिट थप्दै तल्लो सदनमा कुल ३१६ सिट जित्यो । मध्यमार्गी दलका केही सदस्य आफ्ना पुराना दलमा फर्कने वा नयाँ राजनीतिक दल गठन गर्ने अपेक्षा गरिएको छ ।
पार्टी औपचारिक रूपमा विघटन भए पनि यसका सदस्यले तल्लो सदनमा छुट्टै संसदीय समूह गठन गरेर एलडीपीको बलियो विकल्प निर्माणका लागि प्रयास जारी राख्ने ओगावाले बताए ।
बौद्ध संस्थाको समर्थन प्राप्त शान्तिवादी दल कोमेइतोले गत वर्ष अक्टोबरमा एलडीपीसँगको २६ वर्ष लामो गठबन्धन अन्त्य गरेको थियो । राजनीतिक चन्दासम्बन्धी विवादपछि चन्दा सङ्कलनका नियम कडा बनाउन एलडीपीले अस्वीकार गरेको भन्दै कोमेइतोले गठबन्धनबाट बाहिरिने निर्णय गरेको थियो ।

कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै

हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा

बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु

रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा, अन्य मुद्राको कति?

झापा–इलाममा अवैध ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रजिअको नेतृत्वमा स्थलगत अनुगमन

सर्लाहीमा जङ्गली हात्ती मृत फेला

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे
















