सत्ता जोगाउने होइन, नागरिक जोगाउने सरकारको पहिलो धर्म हो : बासना थापा

नवलपुर टुडे

सारांश
काठमाडौं, भदौ २४। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले बाढीमा आफन्त सम्पर्कविहीन भएपछि सयौँ परिवार पीडामा रहेको बताइन्। उनले यो प्राकृतिक विपत्ति मात्र नभई सयौँ परिवारको जीवनसँग जोडिएको राष्ट्रिय सङ्कट भएको उल्लेख गरिन्।
उनले दैलेख जिल्लाका प्रकाश आचार्य, नरबहादुर थापा, पवित्रा कुमारी बुढा, मोहननाथ योगी, राजेन्द्र शाही, कृष्णबहादुर चन्दलगायत दैलेख तथा कर्णालीका धेरै नागरिक अझै सम्पर्कविहीन रहेको बताइन्।
थापाले भनिन्, ‘अहिले प्रत्येक मिनेट महत्त्वपूर्ण छ। परिवारलाई आश्वासन मात्र होइन, परिणाम चाहिएको छ।’
उनले आफ्नो गृह जिल्ला दैलेख क्षेत्र नम्बर १ अन्तर्गत नमुना बस्तीका बादी समुदायका १० घर पहिरोका कारण विस्थापित भएको जानकारी दिँदै तत्काल राहत, सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिन्। वर्षौँदेखि लालपुर्जाविहीन रहेका ती नागरिक अहिले घरबारविहीन हुन पुगेको उनको भनाइ थियो।
राष्ट्रिय विपत्तिको समयमा नागरिकको जीवन रक्षा गर्नु र सङ्कटमा परेका परिवारलाई राज्यको उपस्थितिको अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको थापाले बताइन्।
उनले सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना उपलब्ध गराउन, आवश्यक स्थानमा थप जनशक्ति, प्रविधि तथा उद्धार उपकरण परिचालन गर्न सरकारसँग आग्रह गरिन्।
‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो। नागरिक बाँच्नुपर्छ र बचाउनुपर्छ भन्ने नारा लिएर अगाडि बढ्नुपर्छ,’ उनले भनिन्।
बैठकमा उनले आज बीपी जयन्तीको अवसरमा बीपी कोइरालाप्रति श्रद्धासुमन व्यक्त गर्दै आफ्नो भनाइ टुङ्ग्याइन्। न्यूज बैंक

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















