समाज

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्छ : अध्यक्ष यादव

रासस
२०८३ भदौ २४ | मध्यान्ह ०१:०५ बजे

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरराष्ट्रिय मञ्चमा नेपालले सशक्त आवाज उठाउनुपर्ने बताएका छन् ।

कपिलवस्तुमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले जलवायु परिवर्तनको असर ठूला राष्ट्रका कारण सिर्जित समस्या भएको दाबी गरे ।  शक्तिशाली राष्ट्रले वातावरण प्रदूषण गरेकाले त्यसको समस्या नेपाललगायतका विकसित देशले बेहोर्नुपरेको बताए ।

“पर्यावरणीय न्यायका लागि नेपालले संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय मञ्चमा नेपालले पाउनुपर्ने क्षतिपूर्ति र न्यायका लागि जोडदार आवाज उठाउनुपर्छ”, अध्यक्ष यादवले भने ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष जितेन्द्र सोनलले सरकारको कर नीतिको आलोचना गरे । जनतालाई राहत दिनुको सट्टा सरकारले विभिन्न क्षेत्रमा करको भार थपेको उनले बताए ।

समारोहमा जसपा नेपालका स्थानीय नेता, अगुवा कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता थियो । कार्यक्रम जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु