नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्छ : अध्यक्ष यादव

रासस

सारांश
कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरराष्ट्रिय मञ्चमा नेपालले सशक्त आवाज उठाउनुपर्ने बताएका छन् ।
कपिलवस्तुमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले जलवायु परिवर्तनको असर ठूला राष्ट्रका कारण सिर्जित समस्या भएको दाबी गरे । शक्तिशाली राष्ट्रले वातावरण प्रदूषण गरेकाले त्यसको समस्या नेपाललगायतका विकसित देशले बेहोर्नुपरेको बताए ।
“पर्यावरणीय न्यायका लागि नेपालले संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय मञ्चमा नेपालले पाउनुपर्ने क्षतिपूर्ति र न्यायका लागि जोडदार आवाज उठाउनुपर्छ”, अध्यक्ष यादवले भने ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष जितेन्द्र सोनलले सरकारको कर नीतिको आलोचना गरे । जनतालाई राहत दिनुको सट्टा सरकारले विभिन्न क्षेत्रमा करको भार थपेको उनले बताए ।
समारोहमा जसपा नेपालका स्थानीय नेता, अगुवा कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता थियो । कार्यक्रम जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















