पुरानै बहावमा बग्न थाल्यो किम्रुङ खोला

नवलपुर टुडे

सारांश
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोला आफ्नै पुरानै गतिमा बग्न थालेको छ । मंगलबार साँझ पानीको बहाव कम भएपछि स्थानीयले प्रशासनलाई खबर गरेका थिए ।
बुधबार बिहानसम्म खोला पहिले कै गतिमा बग्न थालेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का वडाअध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । खोला थुनिएको खबरपछि गाउँपालिकाले किम्रुङखोला र मोदीखोला तटीय क्षेत्रमा सतर्कता अपनाउन मंगलबार साँझ माइकिङ गरेको थियो ।
किम्रुङखोलाको पानीको बहाव कम भएपछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसहितको टोली वीरेठाँटी पुगेको थियो । किम्रुङखोला मोदी नदीमा आएर मिसिन्छ । मोदी नदी कास्की र पर्वतका वीरेठाँटी, नयाँपुल हुँदै बग्छ ।
गत असार २८ गते सोही खोलामा बाढी आएपछि घान्द्रुक जाने सडकसहित पुल र होटेल बगाएको थियो । अहिले नदी किनारामा तटबन्ध गर्ने काम चलिरहेको छ । पहिरोले थुनिएको ठाउँमा बाटो बगाएका कारण जान सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















