समाचार

अर्थ र उद्योग, वाणिज्य समितिको बैठक आज बस्दै

नवलपुर टुडे
२०८३ भदौ २४ | बिहान ०६:०५ बजे

काठमाडौं । संघीय संसद्अन्तर्गत आज अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको  बैठक बस्दै छ । अर्थ समितिको बैठकमा रसुवा बाढीपछि सरकारबाट हालसम्म भएगरेका उद्धार, राहत वितरण तथा पुनः स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल हुनेछ ।

विपद्‍बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग र विपद्पछिको क्षति र प्रभावको मूल्यांकनका  सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान साढे ९ बजे बस्नेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बिहान १० बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सचिवलाई बोलाइएको छ ।

कमेन्टहरु