Opens in a new tab

हुम्लामा गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा दुईजना पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ताँजाकोट–४, गल्लाबाडाका ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल छन् । यही भदौ ७ गते राति करिब १ बजे ताँजाकोट–३, टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो ।

अनुसन्धानका क्रममा घटनामा उनीहरू दुईजनाको संलग्नता देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे