भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

रासस

सारांश
चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काहियो १२५ सेटका दरले उपलब्ध गराएका हुन् ।
कैदीबन्दीले रु १०० देखि रु दुई हजारसम्म नगद र श्रम दानगरी ती सामाग्री उपलब्ध गराइएको हो । रु तीन लाख ६७ हजार ३६ बराबरको सामान खरिद गरी डसना र सिरानी कारागार परिसरमानै बनाइएको सो अवसरमा जानकारी दिइयो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेकाबाट गरिएको यो सहयोग उदाहारणीय र नमूना किसिमको भएको बताए । कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन् ।

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठ विशेष समारोहद्वारा मनाइयो

तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको पहुँच सडक मर्मत सुरु

म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कांग्रेसको १५औँ महाधिवेशन : बिहान ७ बजेबाट मतदान सुरु हुँदै
अरुपनि पढ्नुहोस
सबै
बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा, नियमित यातायात सञ्चालन अझै चुनौतीपूर्ण

अमेरिकी डलरसहित विदेशी मुद्राको आजको विनिमयदर सार्वजनिक


गौर भन्सारबाट स्रोत नखुलेको रकमसहित हुण्डी कारोबारी शेराज अली पक्राउ















