समाचार

सुस्ताबाट अबैध ८०१ थान सालिग्राम बरामद

नवलपुर टुडे
२०८३ भदौ २३ | मध्यान्ह ०१:०५ बजे

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका- ३ पत्थरकलाबाट प्रहरीले भारततर्फ अवैध रूपमा भन्सार छली लैजाने तयारी गरिराखिएको ८०१ थान सालिग्राम बरामद गरेको छ ।

नेपाल-भारत सीमा क्षेत्रमा पर्ने भित्री सडकमा भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि बेवारिसे अवस्थामा राखिएको सालिग्राम प्रहरीले बरामद गरेको
जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सो बरामद सालिग्रामको अनुमानित मूल्य ३ लाख २० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

सो अबैध बरामद सालिग्राम कहाँबाट ल्याएको हो ? अनुसन्धानका लागि महेशपुर भन्सार कार्यालय पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

कमेन्टहरु