अमेरिकासँग अहिले कुनै वार्ता हुँदैन : क्युबा

एजेन्सी

सारांश
हाभाना । क्युबाले अमेरिकासँग अहिले कुनै वार्ता भइ नरहेको र भविष्यमा वार्ताका लागि पनि कुनै एजेन्डा तय नभएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबामाथि आर्थिक दबाब बढाइरहेका बेला क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिग्वेजले यस्तो अभिव्यक्ति दिएका हुन् ।
सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै रोड्रिग्वेजले क्युबा र अमेरिकाबीच हाल कुनै वार्ता नरहेको स्पष्ट पारे । उनका अनुसार यसअघि भएका सम्पर्कसमेत अहिले रोकिएका छन् ।
क्युबाली सरकारका अनुसार दशकौँदेखि जारी अमेरिकी प्रतिबन्धका कारण मार्च २०२५ देखि फेब्रुअरी २०२६ सम्म क्युबाको अर्थतन्त्रमा ८ अर्ब डलर बराबरको क्षति पुगेको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो वार्षिक क्षति भएको र अघिल्लो रिपोर्टिङ अवधिको तुलनामा ७ प्रतिशत बढी रहेको क्युबाको दाबी छ । पछिल्ला केही महिनामा अमेरिकी प्रतिबन्धका कारण क्युबाको ऊर्जा संकट झन् गम्भीर बनेको रोड्रिग्वेजले बताए । उनका अनुसार कतिपय स्थानमा मानिसहरूले दिनमा दुई–तीन घण्टा मात्र बिजुली पाउने वा त्योभन्दा पनि कम समय विद्युत् उपलब्ध हुने अवस्था छ ।
अमेरिकी नीतिलाई सामूहिक सजायको संज्ञा दिँदै क्युबामाथि आर्थिक र ऊर्जा क्षेत्रमा दबाब बढाइएको आरोप रोड्रिग्वेजले लगाए । अमेरिकी नाकाबन्दीलाई ‘नरसंहारकारी’ भन्दै क्युबा अमेरिकाका लागि खतरा नभएको दाबी पनि उनले गरे । यसैबिच, क्युबा–अमेरिका विवादको अर्को चरण संयुक्त राष्ट्रसंघमा देखिने भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले अक्टोबर २७ र २८ मा अमेरिकी प्रतिबन्ध अन्त्य गर्न माग गर्ने क्युबाको वार्षिक प्रस्तावमाथि छलफल गर्नेछ ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















