तेस्रो चितवन गोल्डकपमा दुई बिदेशीसहित ८ टोली सहभागी हुने

नवलपुर टुडे

सारांश
आयोजक बिएफसीले आज (सोमबार) पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारीसँगै खेल तालिका पनि सार्वजनिक गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रमा हुने प्रतियोगितामा दुई विदेशीसहित ८ टोली सहभागी हुनेछन् । यस प्रतियोगितामा चितवनमा नै पहिलो पटक मलेसिया र भुटानको टोली सहभागी हुन लागेका हुन् ।
मलेसियाको एन पेनाङ एफसी, भुटानको पक्षम फुटबल क्लबसँगै एपिएफ फुटबल क्लब काठमाडौं, सातदोबाटो युवा क्लब ललितपुर, रेडहर्स एफसी ईलाम, देवदह ब्वाईज रुपन्देही, एप्पल गुरु सूर्यपुर फुटबल क्लब कालिका र आयोजक भरतपुर फुटबल क्लब बिएफसी प्रतियोगितामा सहभागी हुनेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको पहिलो खेलमा भदौ २७ गते आयोजक बिएफसी भुटानी टोली पक्षमसँग भिड्नेछ । खेल दिउँसो ३ बजे सुरु हुने प्रतियोगिता संयोजक धुर्व भुसालले जानकारी दिए । यस्तै २८ गते सूर्यपुर एफसी र सातदोबाटो काठमाडौं, २९ गते देवदह ब्वाईज र रेडहर्स ईलाम तथा ३० गते एनपेनाङ र एपिएफ भिड्नेछन् । भदौ ३१ गते पहिलो र असोज १ गते दोस्रो सेमिफाइनल हुनेछ भने फाइनल खेल ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार र विधागत उत्कृष्टले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक दिनको प्लेयर अफ दि म्याचले केल्मी चितवनको तर्फबाट ५ हजार बराबरको पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको पहिलो चरणदेखि सेमिफाइनलसम्मको खेल हेर्नका लागि एक सय तथा फाइनलको लागि दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















